प्रधानसेनापति थपा र पाकिस्तानी राजदूत मजहरबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदबीच भेटवार्ता भएको छ ।

आफ्नो कार्यकाल समाप्त गरी स्वेदश फर्कने क्रममा रहेका राजदूत जावेदले बिहीबार सैनिक मुख्यालय पुगेर प्रधानसेनापति थापासँग भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

Facebook Comments