कम्युनिष्ट शासनकाे कुसंस्कार: पत्रकारलाई पनि छाेडेनन्

कैलाली । मुलकमा २ तिहाइकाे कम्युनिष्ट सरकार छ। कम्युनिष्ट सरकार र तिनका कार्यकर्ताहरू जे चाहे शाक्तिकाे अाडमा त्यही गर्छन्। भ्रखरै कम्युनिष्ट शासनकाे कुसंस्कारकाे रूपमा तिनका कार्यकर्ताहरूले दिउँसै पत्रकारमाथि कुटपिट गरेकाे दृश्य समाजिक सञ्जालमा भाइरल बनेकाे छ।

दिनेश सञ्चार गृहमा आक्रमण नेकपा निकट अनेरास्ववियूका कार्यकर्ताहरूले कुटपिट गरेका हुन्। कम्युनिष्ट शासनमा स्वतन्त्रता हुँदैन त्यसैले कडा शासनले जनतालाइ दु:ख दिइरहेका हुन्छन्। कुटपिट गर्ने कार्यकर्ताहरू अनेरास्ववियु कैलालीका जिल्ला सदस्य हुन्।

गत २६ गते दिउँसो सञ्चार गृहमा पुगेर उनीहरूले आक्रमण गरेका हुन्। धनगढी उपमहानगरपालिका ५ का प्रमोद खड्का र कुबेर खड्काले आक्रमण गरेका हुन्। कम्युनिष्ट शासले अति गरेपछि त्यसकाे विरूद्द पत्रकारहरू उत्रिएका छन्।

गत शुक्रवार दिनेश सञ्चार गृहमा प्रवेश गरी १५–२० जनाको समूहले साङ्घातिक आक्रमण गरेको थियो। सह–सम्पादक जनक विष्टमाथि कुटपिट भएको थियो भने प्रबन्धक अमिता कुँवर लगायतका कर्मचारीमाथि हातपात भएको थियो। किटानी जाहेरीको आधारमा यसअघि मङ्गलवार धनगढीका सरोज थापालाई पक्राउ गरिएको थियो। आक्रमणमा संलग्न अन्यको खोजी भईरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.