काठमाडौं । उपचार खर्च तिर्न सक्दा दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका २ जना बन्धन मुक्त भएका छन् ।
छिमेकीको कुटाइबाट घाइते बनेका उनीहरुले उपचार खर्च जुटाउन नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा बन्धक भएका शिवचन्द्र सदा र मिलयादेवी सदा बन्धन मुक्त भएका हुन् ।
प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन् । उपचार खर्चवापतको १ लाख २५ हजार ८ सय रुपैयाँ तिर्न नसक्दा सप्तरीको अग्निसाइर कृष्ण सावरन गाउँपालिका-६ का उनीहरुलाई अस्पतालले घर जान दिएको थिएन ।
प्रदेश २ का मुख्य न्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र उनीहरुलाई घरसम्मको एम्बुलेन्स खर्चको पनि व्यवस्थापन गरिएको जानकारी दिए ।
‘प्रदेश २ को सरकारले एक लाख पचास हजार दिने निर्णय गत बिहीबार नै गरेको थियो । प्रक्रियामा ढिलाई भयो, यसकारण क्षमाप्रार्थी छु’ उनले भनेका छन् । सदा दम्पत्तिमाथि कुटपिट गर्ने दीना साह भने तारेखमा छुटिसकेका छन् ।
Facebook Comments