नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु भएकामध्ये २ जना पुरुष र ४ जना महिला रहेका जानकारी दिए ।

मृत्यु हुने महिलाहरुमामा चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया रहेका छन् । त्यस्तै पुरुषहरुमा सिन्दुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीका ६५ वर्षीय रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याेसँगै कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments