पुजारीको सम्मानमा आज मन्दिर शिलान्यास

जनकपुर । हनुमान मन्दिरको पुजारी श्रीराम साहको १३औंपुण्यतिथिमा सांसद प्रभुसाहको पहलमा आज भब्य हनुमान मन्दिर निर्माणको शिलान्यास भएको छ ।

मौलापुर नगरपालिकाका मेयर रीनाकुमारी र माधवनारायण नगरपालिकाको उपमेयर सिमल साहको संयुक्त शिलान्यास कार्यक्रममा नेकपाको नेता एवं बिधायक प्रत्याशी उपेन्द्र साह,प्रदेश कमिटी सदस्य त्रिभुवन साह, देवाहीगोनाहीको उपमेयर सुनैना पटेल लगायत जनप्रतिनिधि, नेता एवं पुजारी श्रीराम साहको परिवारको सदस्यहरूको विशेष उपस्थिति रहेको थियो ।

त्यागी एवं निष्ठावान पुजारी श्रीराम साहको सपनालाई अगाड़ी बढ़ाउन र वहाँको योगदानलाई स्थापित गर्न सांसद साहले उक्त मन्दिर निर्माण घोषणा गरेका हुन्।

वहाँको सम्मानमा साधु-सन्तहरूले भण्डाराको आयोजना गरेकाछन भने रौतहटको प्रमुखजिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखहरूले उक्त स्थानको निरीक्षण गरि त्यहा प्रहरी चौकी राख़्ने प्रतिबद्धता गरेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.