बलात्कार आरोपमा युवक पक्राउ

मकवानपुर । बलात्कारको अरोपमा मकवानपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक युवतीको बलात्कार गरेको आरोपमा मकवानपुरको बकैया गाउँपालिका–६ स्थित सानो ज्यामिरेका २४ वर्षीय सूर्यबहादुर लुङ्बालाई आइतबार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

लुङ्बाले घरमै बसिरहेकी स्थानीय युवतीलाई बलात्कार गरेको आरोपपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी)इन्द्रबहादुर रानाले जानकारी दिए ।

Facebook Comments