सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन कायमै, जमैका ३७ रनले विजयी

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत जमैका तल्लावह विजयी भएको छ । गएराती सम्पन्न खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रोयटसलाई ३७ रनले पराजित गरेको हो ।

जमैकाले दिएको १४८ रनको लक्षु पछाएको सेन्ट किट्स १९.४ ओभ्त्मा ११० रन बनाएर अल आउट भएपछि जमैकाले खेल ३७ रनले जितेको हो । सेन्ट किट्सका लागि एविन लुइस र किरन पावेलले २१-२१ रन बनाए भने निक केलीले १६ तथा दिनेस रामदीनले १३ रन र इमरान खानले १० बनाएका थिए ।

जमैकाका बलर कार्लोस ब्रेथवेटले ३ विकेट लिए भने सन्दीप लामिछाने, फिडेल एड्वार्ड्स र वीरासामी पेरमाउलले २-२ विकेट लिए । त्यस्तै मुजीबउर रहमानले एक विकेट लिएका थिए । नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन दिएर २ विकेट लिएका थिए । सन्दीपले एवीन लुइस र इस सोढीलाई आउट गरेका थिए । योसँगै सन्दीपले यस सिजनमा ६ खेलमा ९ विकेट लिएका छन् । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ६ व्केट गुमाउदै १४७ रन बनाएको थियो ।

जमैकाका लागि ग्लेन फिलिपले सर्बाधिक ७९ रन बनए भने जेर्मीने ब्लाकवुडले २७, नक्रुमाह बोन्नरले १६, असिफ अलीले १४ रन बनाएका थिए । सेन्ट किट्सका रयाद एम्रिटले ३ विकेट लिएका थिए । योसँगै जमैकाले ६ खेलमा तेस्रो जित हासिल गर्दै अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । त्यस्तै सेन्ट किट्सको भने यस सिजनमा यो छैठौ खेलमा पाँचौ हार हो । अब जमैकाको अर्को खेल भदौ १६ गते बिहान ट्रीबागो नाइट राइडर्सविरुद्ध हुने छ ।

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित