चितवनमा दुई कोरोना संक्रमितको मृत्यु

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार चितवनमा दुई संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् ।

भरतपुरको पुष्पाञ्जली हस्पिटलमा एक पुरुष र चितवन मेडिकल कलेजमा एक महिला गरी दुई जनाको मृत्यु भएको हो। भरतपुरस्थित पुष्पाञ्जली हस्पिटलमा उपचारको क्रममा भरतपुर भितवनका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वासप्रश्वासमा समस्या भएपछि उनी भदौ ५ गते अस्पताल पुगेको थिए। उनमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले भेन्टिलेटरको सहायतामा उपचार गर्दै आएको थियो। त्यस्तै, चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिकाकी ७१ वर्षीया महिलाको मृत्यु भएको छ।

स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुगेकी महिलामा संक्रमण पुष्टि भएपछि अस्पतालले आइसियमा राखेर उपचार गर्दै आएको थियो। दुई वटै अस्पतालले विज्ञप्ति जारी गर्दै उनीहरुको मृत्यु भएको पुष्टि गरेका छन्। यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

Facebook Comments