काठमाडाैं उपत्यकामा आज कति थपिए काेराेना संक्रमित?

काठमाडाैं । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाभित्रका काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

यसैबीच पछिल्लाे २४ घण्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा २२० महिला र ५९८ पुरूष गरी थप ८१८ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

Facebook Comments