अन्तत: नेकपा एमाले नामक पार्टी दर्ता, काे भए अध्यक्ष?

काठमाडौं । निर्वाचन आयोगले नेपालको १३२ औं पार्टीकाे रूपमा नेकपा एमाले नामक पार्टी दर्ता गरेकाे छ ।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका आयोगले जनाएकाे छ ।

एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य रहेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो ।

Facebook Comments