काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार २०५ जना कोरोना संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
हाल देशभर होम आइसोलेसनमा २ हजार ८८७ जना छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको छ।
Facebook Comments