एसईईको परीक्षफल प्रकाशित (यसरी हेर्नुहाेस् नतिजा)

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिए ।

नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् ।

टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन् । परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ ।

एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो परीक्षाफल थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनुपर्नेछ ।

Facebook Comments