काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले लामो दुरीको यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेपछि मात्र खोल्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिस अनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछी सीसीएमसीले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको थियो ।
सीसीएमसीको आईतवार बसेको बैठकले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । ।
मन्त्रिपरिषदको बैठकले सिमा नाकाबाट आउनेहरुलाई थप कडाइ गर्ने निर्णय गरेको छ
Facebook Comments