पाकिस्तान नियन्त्रित कश्मिरमा बौद्ध धर्मका धरोहर नष्ट गर्ने कार्यप्रति नेपाल रिपब्लिक पार्टीकाे आपत्ति

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मिरमा अति प्राचीन असङ्ख्य बौद्ध कलाकृति, शिलालेख र ऐतिहासिक-सांस्कृतिक धरोहरहरु नष्ट गर्ने गरी कम्युनिस्ट चीनको सहयोगमा दियामर-भाशा डैम बाँधको निर्माण हुन लागेकोमा नेपाल रिपब्लिक पार्टी तीव्र आपत्ति जनाएको छ ।

गिलगित-बल्तिस्तान क्षेत्रमा निर्माण हुने उक्त बाँधले सात हजार वर्ष अघिका पाँच हजार भन्दा बढी पुरातात्विक महत्वका शिलालेख र कलाकृतिहरू मात्र होइन, सांस्कृतिक-पुरातात्विक वैभवले सम्पन्न एउटा सिङ्गो गाउँ नै डुब्ने छ, प्रेस विज्ञिप्तमा भनिएको छ ।

बिशेषतः प्राचीन बौद्ध धरोहर भएपनि उक्त सम्पदाले बौद्ध-हिन्दू धर्म-संस्कृतिका साथै मानवीय इतिहास र संस्कृतिकै संरक्षणका दृष्टिले महत्व रहेकोे छ । यस्तो अवस्थामा बौद्ध-हिन्दू धर्म-संस्कृतिको विरोधी पाकिस्तान र कम्युनिष्ट चीनको साठगाँठमा उक्त बाँधको निर्माण गरिनु ज्यादै आपत्तिजनक छ ।

नेपाल रिपब्लिक पार्टी उक्त ठाउँमा उक्त बाँध निर्माण कार्य तत्काल रोक्न पाकिस्तान र चीन सरकार दुवैलाई आग्रह गरेका छन् । बाँध निर्माण आवश्यक नै भएमा उक्त स्थान भन्दा तल वा माथि यस्तो ठाउँमा निर्माण गरिनुपर्छ । जसले उक्त सम्पदालाई क्षतिग्रत र विनष्ट नबनाओस ।

रिपब्लिक पार्टीले यसबारे नेपाल सरकार, नेपालका बौद्ध(हिन्दू समुदाय र समग्र प्रजातान्त्रिक विश्वको ध्यानाकर्षण गराउन चाहन्छ । धर्म, संस्कृति र मानवीय इतिहास प्रति आस्था राख्ने प्रत्येक देशका र प्रत्येक समुदायको उक्त स्थानमा सो बाँध निर्माण प्रति आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ । बाँध उक्त स्थानबाट हटाइएन र धर्म(संस्कृति विरोधी कम्युनिष्ट चीनको उक्साहटमा पाकिस्तानले उक्त विवादित स्थानमै बाँध निर्माण गर्यो भने यसको गम्भीर परिणाम उसले भोग्नु पर्ने समेत नेपाल रिपब्लिक पार्टी चेतावनी दिएका छन् ।

Facebook Comments