‘अमेरिकी गठबन्धनमा प्रणालीमा भारत रहन सक्दैन’

काठमाडाैँ। भारतका विदेशमन्त्री एस जयशंकरले सोमबार गठबन्धन शब्द कुनै पनि युग र भूराजनीतिक हिसाबमा बनेको भए पनि भारत अहिले कुनै पनि मुलुकसँगको गठबन्धनमा बस्‍न नसक्ने बताएका छन् ।

उनले विश्वव्यापी व्यवस्थामा आइरहेको परिवर्तनले भारतलगायत मध्यम शक्तिको लागि स्पेस खोलिरहेको बताएका छन् । “तर, संयुक्त राज्य अमेरिकामा निर्भर हुने मुलुकहरुले आफूलाई अमेरिकाको गठबन्धनमा भएको देखाइरहेका छन्,” उनले थपे ।

विदेश मन्त्री जयशंकरले उक्त अभिव्यक्तिले भारत कहिल्यै पनि अमेरिकाको गठबन्धनमा नबस्‍ने र अमेरिकी गठबन्धन प्रणालीको सदस्य भारत बन्‍न नसक्ने बताएका हुन् ।

वास्तवमा भारत र अमेरिकाबीच विभिन्‍न क्षेत्रमा भइरहेको सहकार्यले उनीहरु गठबन्धमा भएको देखाउछ । इन्डोप्यासिफिक क्षेत्रको सुरक्षा र रक्षाका सवालहरुमा भारत र अमेरिकाबीच सहकार्य भएको छ ।

कुटनीतिक रुपमा भारतले आफू अमेरिकाको गठबन्धनमा नरहेको बताउँदै आए पनि कतिपय मुद्दाहरुमा अमेरिकाको इशारामा नै भारत चलिरहेको चिनियाँ सञ्‍चारमाध्यमहरुको आरोप छ ।

यस्तो रणनीतिले कूटनीतिक र रणनीतिक स्पेस उपलब्ध गराउने भारतको विश्वास छ । अमेरिकाको गठबन्धनमा नभएको बताइरहँदा अन्य मुलुकहरुसँग द्वीपक्षीय तरिकाबाट डिल गर्न सकिने भएकोले भारतले यस्तो रणनीति अपनाएको जनाएको छ ।

Facebook Comments