साउन १५: आज खीर खाने दिन

काठमाडाैँ। साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ ।

बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा. अञ्जु कार्की भन्छिन्, “खीर धेरैको प्रिय भोजन हो । यसको सांस्कृतिक र औषधिजन्य महìव छ ।” खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी हुन्छ । गोठ धुुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ ।

डा. कार्कीका अनुसार आयुर्वेद शास्त्रमा खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुुणका छन् । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । “खीर सहजै पचाउन गाह्रो पर्ने खाद्य परिकार हो, यसलाई पाचनयोग्य र मीठो बनाउनका लागि मसलाको मात्रा मिलाउनुपर्छ,” डा. कार्की भन्छिन् ।

ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ । दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन भने नरिवल वीर्यवद्र्धक, बलकारक, अम्लपित्तनाशक र हृदयलाई हितकारी मानिन्छ । खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ । अन्य मसला खीरमा नमिसाएर नरिवल मात्र मिसाउँदा पनि निकै लाभ दिने डा. कार्कीको भनाइ छ ।

वैद्यराज सुवर्ण वैद्यका अनुसार खीरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ । साउने झरीमा खीर भोजनको आफ्नै महìव रहेको वैद्यराज बताउँछन् । फिजिसियन जेनर लामा भन्छन्, “वर्षाको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ र त्यसका लागि खीर उत्तम भोजन हो ।”

उहाँका अनुसार चामल, दूध, नरिवल, छोकडा, चिनी हालेर खीर बनाउने चलन छ । लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा। सत्यमोहन जोशी बताउछन् । उनका अनुसार नेपालमा मात्रै नभएर भारतमा पनि साउनमा खीर खाएमा शुभ हुने मान्यता छ । “साउनमा मासु खानुु उपयुुक्त हुुँदैन, पहिले दूधको परिकार खानुपर्छ,” संस्कृतिविद् जोशीको भनाइ छ । हिन्दु धर्मावलम्बीका लागि साउन शिवपूजन महिना भएकाले कतिपयले एक महिनासम्म माछा–मासु नखाने चलन छ । खीर पकाउनका लागि दूध राम्रोसँग उमाल्नुपर्छ । दूध बाक्लिएपछि चिनी, मसला हाल्ने अनि सग्लो चामलको दानालाई भैँसीको घ्यूमा मोलेर दूधमा मिसाउनुपर्छ । मलमलको कपडाले छोपेर आगोको रापमा होइन, आँचमा पकाउँदा राम्रो हुन्छ । ग्यासको रापभन्दा दाउराको आगोको आँचमा पकाउँदा खीर स्वादिष्ट हुन्छ ।

उता लामो समयदेखि पाक्दै आएको खीर पशुपतिमा पाक्न छोडेको छ । तत्कालीन राजा रणबहादुर शाहको मृत्युपछि उनको जय मनाउँदै प्रत्येक साउनको सप्तमी तिथिका दिन ३० पाथी गाईको दूधमा १२ पाथी चामलबाट तयार गरिनुपर्ने खीर पाक्न छोडेको निकै वर्ष भइसकेको छ ।

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित