भारतद्वारा पाकिस्तानमा अपहरणमा परेकी किशोरीको सुरक्षित रिहाको माग

नयाँ दिल्ली । पाकिस्तानमा अपहरणमा परेकी मेहककुमारीको सुरक्षित रिहाइको माग गर्दै भारतले शुक्रबार नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।

पाकिस्तानमा मेहककुमारीको अपहरण गरिएको थियो । भारतले उनाको सुरक्षित रुपमा फर्काउनुपर्ने माग गरेको छ ।

त्यसैगरी जनवरी १४ मा थप दुई हिन्दू किशोरी शान्ति मेगवान र सार्मी मेगवादलाई पनि अपहरण गरेको भन्‍ने खुलेको छ ।

पाकिस्तानको सिन्ध प्रान्तको उमार गाउँबाट उनीहरुको अपहरण भएको खुलेको छ । पछिल्लो समय हिन्दू किशोरीलाई अपहरण गरेर धर्म परिवर्तन गराउँदै विवाह गराउने क्रम बढेको छ ।

यस विषयमा पाकिस्तान सरकारले पनि खासै ध्यान दिन सकेको छैन । किशोरीको अपहरणजस्तो गम्भीर प्रकृतिको जघन्य अपराधको घटनालाई पनि भारतको नागरिक समाजले पाकिस्तान सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरुको सुरक्षित फिर्ताको माग गरेको छ ।

उक्त घटनाको विषयमा चौतर्फी निन्दा र आलोचना भइरहेको छ । हिन्दू समुदायमाथि पाकिस्तानी बहुसंख्यक मुस्लिम समुदायको ज्यादती बढेको विषयमा अन्तर्राष्ट्रिय समुदायकोसमेत ध्यानाकर्षण भएको छ ।

हिन्दूहरुको न्याय र उनीहरुको सुरक्षाको माग गर्दै सिन्ध प्रान्तमा हिन्दूसँगै केही मुस्लिम समुदायहरुले पनि प्रदर्शनहरु गरिरहेका छन् ।

Facebook Comments