एजेन्सी । पाकिस्तानमा हिन्दू किशोरीको अपहरण गरी धर्म परिवर्तन गराएर जबरजस्ती विवाह गराएको विषयमा लिब्रल मुस्लिम समुदायले पनि साथ दिएका छन् ।
सिन्ध प्रान्तको जोकोबाबादमा जय सिन्ध महज (जेसीएम) ले हिन्दू किशोरीको अपहरणविरुद्ध प्रदर्शन गरेका हुन् ।
मेहक कुमारीलाई यसअघि मुस्लिम समुदायले अपहरण गरी जबरजस्ती धर्म परिवर्तन गराएको थियो । धर्म परिवर्तनपछि उनको चार सन्तानका बाबुसँग विवाह गराइएको थियो ।
सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियो अनुसार लिब्रल मुस्लिम समुदायले जाकोबावादमा प्रदर्शन गरेका हुन् । उनीहरुले साम्रदायिक सद्भावको गीत गाउँदै र्याली निकालेका थिए ।
मेहक कुमारीलाई अहिले उद्धार गरेर सेल्टर राखिएको बताइएको छ । उनको विषयमा चाँडो सुनुवाई गर्नुपर्ने भन्दै हिन्दू समुदायले लगातार अदालतबाहि प्रदर्शन गरेका छन् ।
Facebook Comments