लन्डनस्थित पाकिस्तान उच्चायोग बाहिर प्रदर्शन

लन्डन । पाकिस्तानी मानवअधिकार कर्मी र भारतीय समुदायले लगातार दोस्रो दिन पनि लन्डनस्थित पाकिस्ताको उच्चायोगबाहिर प्रदर्शन गरेका छन् ।

पाकिस्तानमा एक हिन्दू किशोरीलाई जबरजस्ती इस्लाम बनाएर मुस्लिम केटासँग विवाह गराएको विषयमा न्याय दिनुपर्ने माग गर्दै पाकिस्तानी उच्चायोगमा प्रदर्शन गरिएको हो ।

एक प्रदर्शनकारीले भने, “म बेलायतको उच्चायोग बाहिर छु । म एक किशोरीको अधिकारको रक्षाको माग गरिरहेको छ । ति किशोरी हिन्दू, क्रिश्चियन, शिख जुनसुकै भए पनि ती अपहरण गरिएको किशोरीलाई न्याय दिइनुपर्छ । तर, अपहरण गरेर जबरजस्ती इस्लाम बनाउनु र उमेर नै नपुगेकी किशोरीको जबरजस्ती मुस्लिम समुदायको केटासँग विवाह गराउनु अपराध हो ।”

उनीलाई एक अधबैंसे पुरुष अलि राजाले सिन्ध प्रान्तको जाकोबाबादबाट अपहरण गरेको थियो । उनलाई जबरजस्ती इस्लाम बनाइएको र इस्लामिक समुदायविरुद्ध भ्रम फैलाएको आरोप लगाएको बताएकी थिइन् ।

त्यहाँ भारतीय सहयोगमा लल्कार सोसर फोरमको नेतृत्वमा लगातार प्रदर्शनहरु भइरहेका छन् । तर, केही पाकिस्तानी अधिकारीहरुका अनुसार उनले आफूलाई जबरजस्ती इस्लाम बनाइएको भन्‍ने अभिव्यक्ति दिएपछि उनी मारिएको हुनसक्ने बताइएको छ ।

Facebook Comments