पाकिस्तानमा हिन्दु समुदायद्वारा अदालतविरुद्ध प्रदर्शन

इस्लामावाद । पाकिस्तानको हिन्दू समुदायले किशोरीको अपहरण र धर्म परिवर्तन गराएको विषयमा अदालतविरुद्ध प्रदर्शन गरेका छन् ।

हिन्दू किशोरीलाई अपहरण गराएर इस्लाम बनाएर मुस्लिम केटासँग विवाह गराएको र उनको नाम परिवर्तन गराएर एलिजा रजा राखिएको बताइएको छ ।उनको मुद्दाको सुजुवाईपछि उनलाई सुरक्षासहितको आवासमा राखिएको छ ।

मेहक कुमारीको चार सन्तानका बाबु रहेका एक वर्षीय २८ पुरुषसँग विवाद गराइएको थियो । तर, उनको मुद्दाको सुनुवाईमा ढिलाइ भएको भन्दै अदालतविरुद्ध सांघातिक प्रदर्शन  गरिएकाे हाे।

उनको अपहरणविरुद्ध देशरभ विरोध प्रदर्शनहरु भइरहेका छन् । सिन्ध प्रान्तमा आयोजित सांगीतिक प्रदर्शनमा सयौं हिन्दूहरु सहभागी भएका थिए । उक्त प्रदर्शनमा सहभागीहरुले १५ वर्षीया मेहकको मुद्दाको दोस्रो सुनुवाई चाँडै गर्नुपर्ने बताएका छन् । एजेन्सी

Facebook Comments