Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
पेरिस । फ्रान्सका विदेशमन्त्री जियन-भेस लि ड्रयनले अन्तर्राष्ट्रिय स्वतन्त्र अनुसन्धान टोली संयुक्त राष्ट्र संघको उच्च आयोगलाई निर्वाध सिन्जियाङको मानवअधिका उल्लंघनका घटनाको अनुसन्धान गर्न दिनुपर्नेमा जाेड दिएका छन्।
उनले संयुक्त राष्ट्रसंघका प्रतिनिधि माइकल बचहेलेलाई चीनको पश्चिमी प्रान्तमा उइगर समुदायको मानवअधिकारको अवस्थाबारे अनुसन्धानको अनुमति दिनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, “उक्त क्षेत्रमा हुने सम्पूर्ण गतिविधिहरु अस्वीकार्य छ । किनकी ती घटनाहरु विश्वव्यापी मानवअधिकारको मान्यता विपरीत छन् र निन्दनीय छन् ।”
उनले सिन्जियाङमा भइरहेका गतिविधिबारे पेरिसले नजिकबाट नियाली रहेकोसमेत बताएका छन् । नले सिन्जियाङबासीलाई दमन गर्न १० लाखभन्दा बढी उइगर समुदायलाई गैराकानुनी हिरासतमा राखेको छ भने महिलाहरुलाई सन्तान उत्पादन नगर्न आग्रह गर्नुका साथै गर्भनिरोधका साधनहरु प्रयोग गर्न बाध्य पारिएको छ ।
त्यसैगरी त्यहाँका चिनियाँ अधिकारीहरुले धर्म परिवर्तनका लागिसमेत दबाब दिइएको बताइएको छ सिन्जियाङमा चीनले मानवअधिकारको उल्लंघन गरेको भन्दै चिनियाँ अधिकारीहरुमा प्रतिबन्ध लगाएको छ ।




Facebook Comments