पाकिस्तानका सेना नै धार्मिक आतंकवादमा संलग्‍न भएको खुलासा

एजेन्सी । सिन्धका एक महत्वपूर्ण नेता जुन अहिले जर्मनीको राजनीतिक शरणमा उनले विश्वका नेताहरु र मानव अधिकारवादी संघसंस्थाहरुलाई एक पत्र लेख्दै पाकिस्तान सेना प्रमुखहरु सन् १९४७ देखि ने धार्मिक आतंकवादमा संलग्‍न भएको बताएका छन् ।

जय सिन्ध मुत्ताहिडा महाज (जेएसएमए) का प्रमुख साफी बुरफतले पाकिस्तान सेना प्रमुखहरुले गलत तरिकाबाट अधिनायकवाद र मानवअधिकार उल्लंघनका घटनाहरु, निरसंहार र यातनाका गतिविधिहरु भइरहेको बताएका छन् ।

“पञ्‍जाबी अधिनायकवादी सेनाले राजनीतिक कार्यकर्ताक मृत शरीरकोसमेत दुरुपयोग गरिरहेका छन् । त्यहाँ राजनीतिक दमन र आर्थिक शोषण भइरहेको छ । सिन्ध, बलुचस्तान, पस्तुनिस्तानमा अधिनायकवादी थियोक्रेटिक पाकिस्तानी राज्य हुन् ।”

“सिन्ध र बलुचका राजनीतिक कार्यकर्ताहरु र नेताहरुलाई अपहरण गर्ने काम भइरहेको छ । केहीलाई जासुसी संस्थाहरुले नियन्त्रणमा लिएका छन् । केही अझै आईएसआईले बेपत्ता पारेको छ । उनीहरुको कुनै जानकारी उनीहरुको परिवारलाई दिइएको थिएन । सिन्धका नेताहरुका अनुसार पाकिस्तानले प्राविधिक न्युकलियर मिसाइलहरु ल्याउने सम्झौता गरिरहेकोसमेत बताएका थिए।

Facebook Comments