‘नयाँ सुरक्षा कानुनले विदेशमा रहेका चिनियाँ नागरिकलाई पनि तर्साइरहेको छ’

एजेन्सी । चीनको हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनले हङकङमा भएका मानिसहरुलाई मान नभएर विश्वका जुनसुकृ कुनामा भएको जोकोहीलाई पनि आपराधिक गतिविधिको आरोपमा सजाय दिनसक्ने विश्लेषकहरुले बताएका छन्।

डिप्लोम्याटका अनुसार विश्वका जुनसुकै कुनामा रहेका जोकोहीलाई पनि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गर्नसक्ने जनाइएको छ । नयाँ राष्ट्रिय सुरक्षा कानुका कारण मुलुकबाहिरका व्यक्तिहरुले मुलुकमा रहेका व्यक्तिभन्दा बढी मूल्य चुकाउनुपर्ने भएको कानुनी विज्ञहरुले बताएका छन् ।

डिप्लोम्याटमा प्रकाशित एक लेखमा फ्रिडम हाउसकी वरिष्ठ अनुसन्धानकर्ता सारा कुकले भनेकी छन् कि उक्त कानुनको धारा ३८ का अनुसार कुनै पनि व्यक्ति चिनियाँ अथवा विदेशीले चीनका विषयमा अभिव्यक्त गरेको कुनै पनि अभिव्यक्ति चीनको हितविपरीत भएमा चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिन सक्नेछन् ।

“विश्‍वभरका मानिसहरुलाई यात्रा गर्न, व्यवसाय मोडल र सञ्‍चार विधिका अनुसार नीतिनिर्माता, विदेशी नेता र नागरिक समाजलेहरुले बेइजिङको आलोचना गरेमा कारबाहीको भागेदार हुनुपर्ने छ,”उनले भने ।

कुकले विदेशमा रहेका हजारौं हङकङका विद्यार्थीहरु, जसले हङकङको प्रजातन्त्र समर्थित आन्दोलनलाई समर्थन गरेकाहरु जोखिममा रहेको कुकले बताएकी छन् । कुकले उक्क कानुनको धारा ३८ ले विश्वभरका अधिकांश तथा आफैं पनि जोखिममा रहेको बताएकी छन् ।

त्यसैगरी विदेशमा रहेका चिनियाँ पत्रकार, प्राज्ञ, अन्तर्राष्ट्रिय कर्पोरेसन र हलिउडमा कार्यरतहरुलाई सेल्फ-सेन्ससिफ गर्नुपर्ने बताइएको छ ।

हङकङले जुन अन्तिममा नयाँ सुरक्षा कानुन लागु गरेसँगै हङकङको स्वतन्ता अन्त्य भएको र चिनियाँ अधिनायकवाद लागु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

ताजा अपडेट

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट...

संवैधानिक इजलासमा बहस–देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ

काठमाडौं । अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरद्धको रिट निवेदनमाथि बुधबारको...

कुन व्यवसायले कर तिर्नु पर्दैन, कुनलाई कर छुट ?

काठमाडौं । तपाईं व्यवसाय गर्दै हुनुहुन्छ वा गरिरहनु भएको छ भने तपाईंले सो व्यवसाय गर्दा राज्यलाई कति कर तिर्नुपर्छ भन्ने जानकारी हुनु आवश्यक छ...

के छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ...

घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला...

युरोकपमा आज राति चार खेल हुने

एजेन्सी । युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। समूह ई र एफको आज चार खेल हुँदै छन्। जुन ११ देखि सुरु भएको समूह...

रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुमाथि राष्ट्र बैंकको अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई अंकुश लगाएको छ । बैंकले मंगलबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय...

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट...

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । बुधबार दिउँसो सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं...

चर्चित