एजेन्सी । अधिकारकर्मी सजाद राजाले संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्मा मानवअधिका उल्लंघनका घटनाको छानबिन गर्न छानबिन समिति गठन गर्न माग गरेका छन् । पाकिस्तानले पाकिस्तान प्रशासित काश्मीर र गिलगिट बलिचस्तानमा मानवअधिकारको उल्लंघन गर्ने हिंसाका गतिविधिहरु गराएको छ ।
“म संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्लाई आग्रह गर्दछु की मानवअधिकार उल्लंघनका घटना अनुसन्धानका लागि एक आयोग गठन गरेर त्यहाँ पठाइयोस् । त्यहाँका दोषीलाई पत्ता लगाएर कारबाहीको दायरामा ल्याइयो,” उनले भने ।
उनले त्यहाँ आईएसआईले उक्त गतिविधिहरु गरिरहेको आरोप लगाएका थिए । पाकिस्तान सरकार र अधिकारीहरुलाई बिना कारण पक्राउ गर्ने कामसमेत गरिरहेको बताइएको छ ।
मानवअधिकार आयोग पाकिस्तानका अनुसार आईएसआईले त्यस क्षेत्रका स्वतन्त्रता र सञ्चारमाध्यमका गतिविधिहरुमा निगरानी बढाएको जनाएको थियो।
पाकिस्तान प्रशासित काश्मीरले त्यहाँ स्थानीयहरुलाई विभिन्न बहानामा दुख दिने काम गरिरहेको भन्दै पटकपटक उक्त गतिविधिको छानबिनको माग भए पनि अहिलेसम्म छानबिनका लागि कुनै प्रक्रिया अघि बढेको छैन ।
Facebook Comments