बिकासशील मुलुकहरूलाई सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र आर्थिक र सामाजिक परिषद सत्र (ECOSOC) मा भारतले बिकासशील मुलूकलाई सहयोग गर्ने प्रतिबद्धता जनाउदै बहुपक्षीयता मार्फत दिगो शान्तिको लक्ष्य प्राप्त गर्न सकिने बताए ।

उक्त अधिवेशनमा नर्वेका प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस उपस्थित थिए।

‘बहुपक्षीयता’ भन्ने विषयमा उनले गरेको १५ मिनेटको सम्बोधनमा भारत सरकारले कोविड-१९ सँग लड्न र समावेशी विकास सुनिश्चित गर्न भारतमा चालिएको विभिन्न पहलहरूबारे प्रकाश पार्दै अन्य विकासशील देशहरुलाई दिगो विकासको लक्ष्य (एसडीजी) प्राप्त गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

“आवश्यकताको साथीको रुपमा” क्षेत्रको पहिलो उत्तरदाता भएकोमा भारत गौरबान्बित रहेको उनले बताए । भूकम्पको समयमा होस् वा कुनै प्राकृतिक वा मानव निर्मित संकट, भारतले पुर्ण ऐक्यवद्धताका साथ संकटसङग जुझ्न अन्य मुलुकहरूलाई सहयोग गरेको प्रधानमन्त्री मोदीले बताए ।