चीनले अमेरिकी कम्पनीमाथि मानव अधिकारसम्बन्धी जोखिम उत्पन्‍न गराउनसक्ने चेतावनी

वाशिङ्टन । अमेरिकाले चिनियाँ संस्थाबाट अमेरिकन कम्पनीमाथि मानवअधिकारसम्बन्धी जोखिम उत्पन्‍न गराउनसक्ने भन्दै चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयले सिन्जियाङ र चीनका अन्य ठाउँमा चिनियाँ संस्थाबाट आर्थिक र कानुनी जोखित उत्पन्‍न गराउनसक्ने चेतावनी दिएको छ ।

अमेरिकी विदेश मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय र गृहमन्त्रालयद्वारा जारी एडभाइजरीमा चिनियाँ संस्थाहरु मानवअधिकार उल्लंघनमा लागेकोले सिन्जियाङलगायतका क्षेत्रमा अमेरिकी कम्पनीहरुले जोखिमको सामना गर्नुपर्ने हुनसक्ने भएकोले सजग रहन चेतावनी दिएको हो ।

सन् २०१७ देखि सिन्जियाङका उइगर र अल्पसंख्यक मुस्लिम समुदायलाई निशाना बनाएर दमन गर्ने अभियान सुरु गरेको छ । चीन सरकारले उनीहरुलाई जबरजस्ती काममा लगाउने र काम नगर्नेलाई नियन्त्रणमा लिएर यातना दिनेजस्ता मानवअधिकार विपरीतका गतिविधिहरु गरिरहेको छ ।

न्युयोर्कस्थित थिंक ट्यांकले जारी गरेको प्रतिवेदन अनुसार चीन सरकारले १० लाखभन्दा बढी उइगर र अल्पसंख्यक मुस्लिम महिला तथा अन्य व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

मानवअधिकारवादी संस्थाहरु, संयुक्त राष्ट्र संघ र अन्य थुप्रै सरकारहरुले चीनलाई उनीहरुमाथिको धरपकड बन्द गर्न आग्र गरेका छन् । तर, चीन सरकारले यस्ता कुनै पनि गतिविधि रोकेको छैन । चीन सरकारले हालसम्म कति नियन्त्रणमा लिएका छन् भन्‍ने जानकारी गराउनसमेत अस्वीकार गरेको छ ।

Facebook Comments