Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
सरकारले अब एक व्यक्तिले एउटा सेवा प्रदायक कम्पनीबाट दुई वटाभन्दा बढी सिमकार्ड लिन नपाउने व्यवस्था गरेको छ । दूर सञ्चार सेवा प्रदायक कम्पनीहरूको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।
पछिल्लो समय डिजिटल बैंकिङको कारोबार मोबाइलबाट हुन थालेपछि बढी सिमकार्ड लिने गरेका छन् । आफ्ना नाममा सिमकार्ड लिएर अरुलाई दिँदा आइपर्न सक्ने जोखिम न्यूनीकरण गर्न एक व्यक्तिले एक सेवा प्रदायकबाट दुई वटाभन्दा भन्दा बढी सिमकार्ड लिन नपाउने व्यवस्था गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । नाबालिकका लागि भने अविभावकको नाता प्रमाणित र अन्य आवश्यक कागजात उपलब्ध गराएको खण्डमा एउटा मात्रै सिमकार्ड लिन पाइने छ ।
पछिल्लो समय सिमकार्ड आर्थिक कारोबारसँग पनि जोडिएको छ ।




Facebook Comments