बिना प्रमाण सय दिनदेखि जाङ समूहका प्रधान सम्पादक हिरासतमा

एजेन्सी । जाङ समूहका प्रधान सम्पादक मिर साकिल-उर-रहमानलाई नेशनल एकाउन्टेबिलिटी ब्युरो(एनएबी)ले हिरासतमा राखेको एक सय दिन पूरा भइसकेको छ । लाहुर उच्च अदालतले पनि उनको धरौटीमा रिहाका लागि गरेको याचनाको सुनुवाई पनि स्थगित गरेको छ ।

यसअघि रिट दायर गर्ने पक्ष उपस्थित नभएको भन्दै सुनुवाई स्थगित गरेको थियो । जमिन खरिद प्रकरणको आरोप लगाएर उनलाई नियन्त्रणमा लिइएको थियो । उनीविरुद्ध अहिलेसम्म कुनै प्रमाण भेटाइएको छैन । तर, पनि उनलाई एक सय दिनदेखि हिरासतमा राखिएका छन् ।

एनएबीले रहमानले सन् १९८६ मा अवैधरुपमा सरकारको जमिन भाडामा लिएको र सन् २०१६ मा आफ्नो नाममा दर्ता गराएको आरोप लगाइरहेको छ । पूर्व प्रधानमन्त्री नवाज शरीफले उनलाई स्वामित्व हस्तान्तरण गरेको बताइएको छ ।

तर, यसविरुद्धका प्रमाणहरु संकलन भइरहेको जनाइए पनि अहिलेसम्म प्रमाण फेला पार्न सकेको छैन । उनको रिहाइको माग गर्दै विश्वभरबाट आवाजहरु उठिरहेका छन् । उनको हिरासतमा राख्नुको पछि राजनीतिक उद्देश्य रहेको र यसले प्रेस स्वतन्त्रताको हनन गरेको भन्दै रिहाइको माग उठेका हुन् ।

Facebook Comments