भारत आक्रमक बनेपछि आत्तियाे चीन

एजेन्सी । पूर्वी लद्दाखमा अतिक्रमण गर्ने प्रयासमा लागेको चीन भारतको आक्रामक र सक्रिय प्रतिरोधबाट आत्तिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई पछि हट्न बाध्य पार्ने प्रतिक्रियात्मक नेतृत्व गरेका छन् ।

लद्दाखको गलवान भ्यालीमा जून १५ मा भारत-चीनबीच भएको सैन्य झडपमा २० भारीय सैनिक मारिएका थिए । चीनले आफ्नो सैनिकको मनोवल घट्छ भन्‍ने उद्देश्यले मारिएका सैनिकको सूची सार्वजनिक गरेन ।

तर, चिनियाँ विदेश मन्त्रालयले निरन्तर भारतलाई धम्की दिने काम गरिरहेको थियो । प्रधानमन्त्री मोदी शुक्रबार एकाएक उत्तरी सीमा लद्दाखको लेह पुगेर भारतीय सेनालाई हौसला दिँदै चीनलाई चेतावनी दिएका थिए ।

प्रधानमन्त्री मोदीले ११ हजार फिटको उचाईमा रहेका सीमा सैनिकलाई सम्बोधन गर्ने क्रममा चीनतर्फ संकेत गर्दै विस्तावरवादको युग समाप्त भइसकेको र विकासको युग सुरु भएकोले विस्तारवादी योजनालाई रोक्न चेतावनी दिएका थिए । उनले थपेका थिए, “इतिहास साक्षी छ, विस्तारवादी शक्तिहरुले कि हारेका छन् कि त पछि फर्किएका छन् ।”

मोदी यतिमै रोकिएनन, भने, “कायरले कहिल्यै पनि शान्ति स्थापना गर्न सक्दैन तर, साहसीहरुले शान्ति स्थापना गर्न सक्छन् ।” प्रधानमन्त्री मोदीले चीनको नाम नलिएरै चीनले आफ्नो हरेक छिमेकीलाई दुख दिइरहेको र सीमा समस्या उत्पन्‍न गराएको बताएका थिए ।

चीनले उक्त अभिव्यक्तिपछि भारतका विषयमा कुनु टिप्पणी गरेको छैन । यहाँसम्मकी सामाजिक सञ्‍चालमा रहेका चिनियाँ समर्थकहरु पनि शान्त छन् । चिनियाँ विदेश मन्त्रालयले भारत-चीन सीमा समस्या समाधानका लागि संवादमा भएकोले स्थितिलाई समाधान गर्न सहयोग गर्ने जनाएको छ ।

यसअघि पिपुल्स लिब्रेसन आर्मीका पश्‍चिमी क्षेत्र कमाण्डका प्रवक्ता जाङ सिउलीले गलवान चीनको स्वायत्तामा पर्ने बताएका थिए । तर,प्रधानमन्त्री मोदीको गर्जनपछि भने कुनै प्रतिक्रिया दिएको छैन ।

ताजा अपडेट

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार...

किशोरीको फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो पठाउने पक्राउ

काठमाडौँ । सामाजिक संजाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको...

आजदेखि कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका...

राउटे युवतीमाथि बलात्कार गरेको स्वीकार

सुर्खेतमा दुई जना राउटे युवतीलाई होटलमा लगेर जबर्जस्ती गरी भिडियो खिचेका युवाहरुले प्रहरी बयानमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् । राउटे समुदायले...

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

काठमाडौँ । भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको । समाज सेवा र राहत वितरणका...

उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको...

चर्चित