काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार बिहान गोरखामा एक र रुपन्देहीका जनाको कोरोनाकै कारण मृत्यु भएसँगै मृतकको संख्या ३४ पुगेको हो। शनिबार बिहान गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो।
असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार गोरखा अस्पतालमा मृत्यु भएको हो। त्यसैगरी रुपन्देही देवदह नगरपालिका ७५ वर्षीय पुरुषको समेत कोरोनाकै कारण मृत्यु भएको छ।
उनी असार १४ गते काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको असार १७ गते मृत्यु भएको हो। उनमा कोरोना पुष्टि भने असार १८ गते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। उनी क्षयरोग पीडित थिए।
Facebook Comments