कोरोना कहर : पर्यटनमा ४१ अर्ब नाेक्सानी

काठमाडौं । पर्यटन तथा उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ। कारोना महामारी न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन लागु गरेको थियो भने सरकारको पछिल्लो निर्णय अनुसार आगामी साउन ७ गतेसम्मलाई यो अवधि कायम गरिएको छ।

पर्यटन तथा हवाई क्षेत्रमा प्रतिमहिना सरदर १० अर्बको कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ। यस तथ्यांकलाई आधार मानेर नै लकडाउन अवधिभर ४१ अर्ब बराबरको क्षति हुने अनुमान पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठन भएको अध्ययन कमिटीले उक्त प्रतिवेदन तयार गरेको होे। प्रतिवेदनअनुसार चैत ११ गतेदेखि अहिलेसम्म आइपुग्दा ३४ अर्ब रुपैयाँ बराबरको नोक्सान भएको छ। पछिल्लो लकडाउन अवधि साउन ७ गतेसम्म पुग्दा थप ७ अर्ब नोक्सानी बढ्ने अनुमान गरिएको छ। कोरोना भाइरसका कारण पर्यटन गतिविधि ठप्प भएको करिब ४ महिनापछि पर्यटन मन्त्रालयले यस क्षेत्रको क्षतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै क्षतिको आंकलन गरेको हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.