Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रधानमन्त्री ओलीबिरुद्धको मोर्चाबन्दीमा उनको मन्त्रिपरिषदका सदस्यहरु पनि सहभागी भएका छन् ।
बुधबार साँझ झम्सिखेलमा भएको स्थायी समिति सदस्यहरुको बैठकमा ओली सरकारका मन्त्रीहरु बर्षमान पुन, शक्तिबहादुर बस्नेत, रामबहादुर थापा बादल, घनश्याम भूसालहरु सहभागी थिए । यीमध्ये ऊर्जामन्त्री बर्षमान पुन र वनमन्त्री शक्तिबहादुर बस्नेत एमसीसी लगायतका मुद्दामा ओलीसँगै रहेका हुन् । तर यी दुवै मन्त्री अहिले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउनुपर्ने पक्षमा दृढतापूर्वक लागेका छन् ।
त्यस्तै गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको साथ छाडेका छन्।
गृहमन्त्री भएदेखि नै प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका थापा अहिलेसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको भेलामा सहभागी थिएनन्। तर बुधबार भने झम्सिखेलस्थित एक होटलमा भएको प्रचण्ड-नेपालनिकट नेताहरूको भेलामा थापा सहभागी भएका थिए।
उक्त भेलामा ३० जनाभन्दा बढी स्थायी समिति सदस्य सहभागी भएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए। उनीहरुले ओलीलाई दुवै जिम्मेवारीबाट हटाउनेगरी अगाडि बढ्न नेतृत्वलाई खबरदारी गरेका छन्

Facebook Comments