थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या साढे १२ हजार नाघ्याे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४६३ जनामा संक्रमण देखिएको हो।

आज थपिएका ४६३ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३०१३ पुगेको छ।

कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.