‘नेपाल अन्तर्राष्ट्रिय आतंकवादको ट्रान्जिट प्वाइन्ट बन्‍ने खतरा’

काठमाडाैँ । अमेरिकी विदेश मन्त्रालयले नेपाल अन्तर्राष्ट्रिय आतंकवादको ट्रान्जिट पोइन्ट बन्‍ने खतरा रहेको चेतावनी दिएको छ ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था सुदृढ नहुँदा र भारतसँगको खुला सिमानाका कारण नेपाल आंतकवादको ट्रान्जिट पोइन्ट बन्‍ने खतरा बनेको जनाइएको छ ।

सन् २०१९ को आतंकवादसम्बन्धी मुलुकको प्रतिवेदनका अनुसार अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूका लागि नेपाल उपयुक्त भूमि हो । अधिक महत्त्वपूर्ण खतरा गैर-नेपाली अन्तर्राष्ट्रिय आतंकवादी समूहहरूले नेपाललाई ट्रान्जिट वा स्टेजिंग पोइन्ट वा सफ्ट टार्गेटको रूपमा प्रयोग गर्दै आएको जनाइएको छ ।

सन् २०१९ को प्रतिवेदनमा नेपालमा अहिलेसम्म आतंकवादका कुनै गतिविधिहरु नभएको बताइएको छ ।

नेपालले आतंकवाद रोक्नका लागि कुनै ठोस पहलसमेत नगरेको बताइएको छ । प्रतिवेदनमा भनिएको छ, “नेपाल सरकार तथा नागरिक समाजका तर्फबाट हेर्दा पनि अहिलेसम्म आतंकवाद रोक्ने कुनै नीतिगत पहलहरु गरिएका छैनन् ।”

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.