थपिए कोरोनाका लक्षण

काठमाडौं : हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन्।

कोरोना संक्रमितको मुख्य रूपमा उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार नयाँ लक्षणका कारण चिकित्सकमा चुनौती थपिँदै गएको छ। ‘पहिला भन्ने गरिएको खोकी लाग्ने, निमोनिया हुने, ज्वरो आउनेभन्दा पनि थप लक्षण पाइएका छन्’, उनले भने, ‘सुन्ने शक्तिमा ह्रास आउने, खास वस्तुको स्वाद नपाउने, पेट र टाउको दुख्ने लक्षण देखा परेका छन्। जीउ दुख्ने, एकदम थकाइ महसुस हुने लक्षण पनि देखिएका छन्।’

पुष्टि भएका संक्रमितका लक्षण फरकफरक देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘क्लिनिकल’ विश्लेषण गर्न थालेको छ। महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोरोना संक्रमित रहेका सबै अस्पतालमा लक्षणसमेत उल्लेख गर्ने गरी फारम पठाइएको छ। त्यो विवरणका आधारमा नयाँ साझा लक्षण पछि सार्वजनिक गर्ने महाशाखाको योजना छ।

मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलालगायत दीर्घ रोगका बिरामीमा कोरोना देखिए उपचार गर्दा विशेष सावधानी अपनाउनुपर्ने डा. राजभण्डारीले बताए। उनका अनुसार विदेशमा उपचार गर्दा प्रयोग गरिएका औषधि नेपालमा प्रयोग गरिएको छैन। ‘लक्षणका आधारमा वर्गीकरण गरेर उपचार गर्ने गरिएको छ’, उनले भने।

उनले ज्वरो मात्र आएका बिरामीलाई प्यारासिटामोल दिने गरिएको बताए। निमोनियाका लक्षण देखिएका संक्रमितको एक्सरे र सिटिस्क्यानसमेत गरिन्छ। अक्सिजनको सहारामा उपचार गर्ने बिरामीलाई विशेष निगरानीमा राखिन्छ। सास फेर्न गाह्रो हुनेलाई सघन उपचार कक्ष (आईसीयू)मा उपचार गरिन्छ। ती सबैको आत्मबल बढाउन मनोसामाजिक परामर्श र आहारव्यवहारमा ध्यान दिने गरिएको उनले सुनाए।

नयाँ लक्षण के-के देखा परे भन्ने सम्बन्धमा सबै अस्पतालले फारम भरेर पठाएपछि थाहा हुने डा. पाण्डेले बताए। ‘कोरोना संक्रमणकै कारण स्वादमा कमी आउने, श्रवण शक्तिमा ह्रास आउने हो वा अन्य कारण हुन् भन्नेबारे सबै अस्पतालले लक्षणसहितको फारम पठाएपछि खुल्नेछ’, उनले भने। अन्नपुर्ण पाेष्टबाट

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित