स्थायी कमिटिमा ओलीविरूद्द रचिदैँछ यस्ताे एजेन्डा!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटिमा ओली अल्पमतमा छन् । त्यसमाथि उनलाई यसपटक हटाउने नै उद्देश्यका साथ एकथरी नेताहरु रणनीतिक रुपमा सक्रिय भएका छन् । एमसीसी तुहाएर अप्ठ्यारो बनाउने तयारी सफलतातर्फ उन्मुख हुँदैछ । अब ओलीले यसको सामना कसरी गर्नेछन् हेर्न बाँकी छ ।

नेकपाभित्र एक व्यक्ति एक पदको एजेन्डा उठेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरुले यस्तो एजेन्डालाई चर्काएका छन् । स्थायी कमिटि सदस्य हरिबोल गजुरेलले एक व्यक्ति एक पदमा जोड दिएका छन् । यसको अर्थ ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री एक पद छाड्ने वाध्यात्मक अवस्था बनाउन खोजिएको छ ।

त्यसैले स्थायी कमिटि बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज अनुपस्थित रहे । आफ्नो चर्को आलोचना हुने बुझेरै सहभागीता जनाएकाे स्राेतले बताएकाे छ।

प्रचण्डले ओलीसँग भेटेर राजीनामा मागिसकेका छन् । उनी हत्तपत्त सम्झौता गर्ने पक्षमा छैनन् । माधवकुमार नेपाल ओलीको विपक्षमा स्पष्ट रुपमा उभिएका छन् । जुन उनले १० असारको स्थायी कमिटि बैठकमा ओलीको ठाडो आलोचना  गरिसकेका छन् ।

यसरी ओली अहिले राजनीतिक जीवनकै कठिन अवस्थामा छन् । उनी चौतर्फी घेराबन्दीमा छन् । जसलाई तोड्न सजिलो छैन । यसपटक ओली अनुपस्थित भएपनि स्थायी कमिटिले कुनै निर्णय लिने तयारी गरेको छ । त्यो उनका लागि कठोर सावित हुनसक्छ ।

नेकपाका हेभिवेटहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम ओलीविरुद्ध एकजुट भएका छ्न । यसकारण पनि ओलीलाई मुश्किल परेको छ । उनी बामदेवलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री दिने गरी मनाउन खोजिरहेका छन् । तर, उनी मान्न तयार छैनन् । पटक पटक धोका भएको भन्दै अनगिन्ती विषयमा असहमति रहेको भनिसकेका छन् ।

ओलीले एमसीसीका लागि संसदीय दलमार्फत् निर्णय लिन खोज्ने र पार्टी कमिटि आफ्नै ढंगले अगाडि बढ्न खोज्ने हुँदा ठुलै चुनौती आउन सक्छ । पार्टीको निर्णय एकातर्फ संसदीय दलको निर्णय अर्कोतर्फ हुँदा नेकपाभित्र दुर्घटनाको खतरा छ । यसलाई टार्न मध्यमार्गी नेताहरु सक्रिय भएका छन् ।

Facebook Comments