लद्दाखमा झडपपछि चीनको नयाँ संरचना

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

चीन । भारत–चीन झडप भएको लद्दाख क्षेत्रमा भौतिक संरचनाहरू निर्माण भइरहेकाे छ। चीनले केही नयाँ भौतिक संरचनाहरू निर्माण गरिरहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार हालै सार्वजनिक भएको एक उपग्रह तस्बिरले उक्त कुरा प्रष्ट्याएको छ । गत महिनासम्म केही नभएका ठाउँमा अहिले बंकरहरू, पालहरू र सैन्य उपकरणहरूका लागि भण्डारण कक्ष देखिन थालेका छन् ।

तनाव कम गर्न दुवै पक्षबीच वार्ता चलिरहँदा यस्तो तस्बिर सार्वजनिक भएको छ । उक्त ताजा उपग्रह तस्बिरहरू गत सोमबार अन्तरिक्ष प्रविधि कम्पनी म्यासारमार्फत खिचिएका हुन् । चीनले बनाएका संरचनाहरू जुन महिनाको सुरुमा आएका हवाई तस्बिरमा नदेखिएका समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यस विषयमा भारत र चीनले पनि कुनै प्रतिक्रिया जनाएका छैनन् ।

बुधबार भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय विदेशमन्त्री सुब्रहमण्यम जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ ईले दुवै पक्षका वरिष्ठ कमान्डरले जुन ६ तारिखमा गरेका सहमतीलाई निष्कपटताका साथ कार्यान्वय गर्नु पर्नेमा जोड दिए।  लद्दाकमा भएको झडपमा २० जना भारतीय सेनाले ज्यान गुमाएका थिए भने चिनियाँ सेनातर्फ भएको क्षतिको पुष्टि गरिएको छैन।

Facebook Comments