‘तिब्बतमाथिको चिनियाँ हस्तक्षेप बढ्दो, राजनीतिमा सक्रिय हुनेलाई जेल’

एजेन्सी । पछिल्लो समय तिब्बतीयनका अधिकार र स्वतन्त्रतामाथि चिनियाँ हस्तक्षेप बढ्दै गएको एक प्रतिवेदनले गएको छ । गत वर्षदेखि तिब्बतीयनका गतिविधिमा निगरानी गर्ने, अनलाइमार्फत अनुगमन गर्ने, राजनीतिक गतिविधिमा रोक लगाउने र कक्षाकोठामा तिब्बतीयनका बालबालिकाका अधिकारीलाई सीमित गर्ने काम गरिरहेको मंगलबार सार्वजनिक एक प्रतिवेदनले जनाएको छ ।

तिब्बतमा मानवअधिकारको अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भइरहेको भन्दै आलोचना भइरहेका बेला चीनले तिब्बतमा राजनीतिक गतिविधिमा रोक लगाउने र प्रतिबन्ध गर्ने नीति भने बढाउँदै लगेको भारतस्थित धर्मशाला तिब्बतीयन केन्द्रको मानवअधिकार र प्रजातान्त्रले सन् २०१९ मा तयार गरेको वार्षिक प्रतिवेदनले जनाएको छ ।

सन् २०१९ देखि तिब्बतका गुम्बा र गाउँहरुमा स्थानीयका गतिविधि अवलोकनका लागि चिनयाँ प्रहरी खटाइएका छन् । राजनीतिक आन्दोलनहरुलाई रोक्नका लागि अनुहार-पहिचान गर्ने सफ्टवेयरको समेत विकास गरेको जनाइएको छ ।

तिब्बतमा राजनीतिक गतिविधिमा सक्रिय व्यक्तिहरुलाई विभिन्‍न अपराधिक मुद्दा लगाएर नियन्त्रणमा लिने र यातना दिने गरेको पाइएकोसमेत उक्त प्रतिवेदनमा जनाइएको छ । तिब्बतीयन विद्यालयहरुमा तिब्बतीयन भाषाको प्रयोग र निर्देशनमासमेत रोक लगाइएको छ ।

तिब्बतका राजनीतिक दलका नेताहरुलाई अन्तर्राष्ट्रिय सम्बन्धमा रोक लगाउने, चीनबाहिर सम्बन्ध विस्तार गर्न नदिने, बाहिर भ्रमणमा पनि रोक लगाउने र निर्वासनमा रहेका तिब्बतका आध्यात्मिक नेता दलाई लामासँगको सम्बन्ध र संवादमा समेत रोक लगाउने काम भइरहेको बताइएको छ ।

Facebook Comments