एमसीसी पारित हुन नसक्दा अमेरिकाले बढायाे चाँसो

काठमाडौं। परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोबीच टेलिफोन वार्ता भएको छ। बुधबार दिउँसो मन्त्री ज्ञवालीले अमेरिकी सकमक्षी पोम्पियोसँग वार्ता गरेका हुन्।

कुराकानीमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न परिस्थिति र सहयोगको बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार दुई मन्त्रीले कोरोनाविरुद्धको लडाईमा गरिरहेको कामका बारेमा आफ्ना अनुभव पनि साटेका छन्। सँगै कोरोनका कारण ज्यान गुमाएका प्रति श्रद्धान्जली अर्पण गरेका छन्।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुन नसक्दा यस विषयमा अमेरिकाले चाँसो बढाएको छ। एमसीसी अनुमोदन गर्ने समय सकिनै लाग्दा अमेरिकी विदेशमन्त्रीले नेपाली समकक्षीसँग कुराकानी गर्नुलाई महत्वका साथ हेरिएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.