ट्वीटरले ट्रम्पको समर्थनमा खोलिएका खातामाथि लियाे यस्ताे एक्सन

न्यूयोर्क । समाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा खोलिएको ट्वीटर खाता बन्द गरिदिएको छ ।

केही समयअघि ट्वीटरले डोनाल्ड ट्रम्पको एक भिडियोलाई हटाइदिएको थियो । उक्त भिडियोमा तस्वीरहरु राखिएका थिए । ती भिडियोमा देखिएका व्यक्तिहरुले अनुमति नलिएको भन्दै उक्त भिडियोविरुद्ध रिपोर्ट गरेका थिए ।
लगत्तै ट्वीटरले भिडियो हटाएको थियो । हाल भने ट्वीटरले ट्रम्पको समर्थनमा खोलिएको ट्वीटर खाता नै बन्द गरेको छ । उक्त खाताबाट फेक प्रचार गर्न थालेपछि खाता नै बन्द गरिदिएको हो ।

उक्त खातामा समाचार संस्था सीएनएनको भन्दै एक भिडियो सार्वजनिक गरिएको थियो । सो भिडियो सीएनएनको आधिकारिक भिडियो भने थिएन । त्यस्तै केही समयअघि फेसबूकले पनि डोनाल्ड ट्रम्पको चुनावी विज्ञापनलाई हटाएको थियो । फेसबूकले उक्त विज्ञापन आफ्नो नीतिअनुसार नभएको भन्दै हटाएको थियो ।

Facebook Comments