सवारी पास बनाइदिने भन्दै घुस लिने एक पक्राउ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई पक्राउ गरेको हो ।

सापकोटाले सवारी पास बनाइदिने भन्दै सेवाग्राहीबाट ३ हजार रुपैयाँ घुस लिएका थिए । उनलाई घुससहित जिल्ला प्रशासन कार्यालय काठमाडौंको नजिकको लेखापढी सेन्टरबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

Facebook Comments