एजेन्सी । चीनमा लगातार भइरहेको मुसलधारे वर्षाका २४ प्रान्तमा विपत्ती निम्त्याएको छ । लगातारको वर्षाका कारण चीनका मुख्या तीनवटा गोर्जेज ड्याम कुनै पनि समय भत्कितसक्न चेतावनी हाइड्रोलोजिस्ट वाङ वेइलोले दिएका छन् ।
दक्षिणी चीनमा जून १ देखि लगातार क्षेत्रीयरुपमा आँधीसहितको वर्षा र पहिरोहरु गइरहेका छन् । वर्षाका कारण सात हजार ३०० घरपरिवारका विस्थापित भएका छन् भने ८० लाख मानिसहरु प्रभावित भएका छन् ।
जसका कारण अहिले २६ करोड अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुने अनुमान गरिएको छ ।
लगातारको विश्वको सबैभन्दा ठूलो जलविद्युत परियोजनाको सम्भावित विस्फोटनको हुनसक्ने भन्दै चिनियाँहरु चिन्तित बनेका छन् ।
चिनियाँ जलविद्युत उपमन्त्री ये जियानचुनले मुलुकका १४८ नदीहरुमा पानी बहाव बढी छ ।
रेडियो फ्रान्स इन्टरनेशनलसँगको अन्तर्वार्तामा चिनियाँ पानी विज्ञले चीन सरकार र सरकारी मिडियाको आलोचना गर्दै सम्भावित खतरालाई चासो नदिएको बताएका छन् । वैज्ञानिकहरुले सत्य बोलेमा उनीहरुलाई अपराधी ठहर गरिन्छ । जसले गर्दा समुदायमा सत्य कुराको सञ्चार हुन पाउँदैन ।
चिनियाँ सञ्चार माध्यम सीएनटीभीका अनुसार गोर्जेज ड्याममा पानीको सतह निरन्तर बढिरहेको उल्लेख गरेको छ ।
Facebook Comments