सोमबार कुन कुन जिल्लामा थपिए संक्रमित?

काठमाडौं । नेपालमा ५ सय ३५ नयाँ संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ पुरुष छन्।

सोमबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ८ जना र सप्तरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जना र मोरङका ४ जनामा संक्रमण पुष्टि भएको छ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ११ जना संक्रमित भटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका २ जना, अर्घाखाँचीका ९ जना, बैतडीका १४ जना, डडेल्धुराका १५ जना, डोटीका ७ जना, गुल्मीका १ जना, जाजरकोटका १ जना, कैलालीका ५८ जना, नवलपरासीका ५ जना, सर्लाहीका ४७ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका २३ जना, स्याङजाका २० जना, पाल्पाका १० जना, प्यूठानका २४ जना, रौतहटका ३४ जना र रुपन्देहीका ९ जनामा संक्रमण पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १० जना, महोत्तरीका १ जना र सप्तरीका २ जना, भरतपुर अस्पताल प्रयोगशालमा चितवनका ५ जना र नवलपरासी पूर्वका १६ जना, धुलिखेल अस्पतालमा ओखलढुंगाका १ जना र गुल्मीका ४१ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङजा र तनहुँका १÷१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नवलपरासी पूर्वका ८ जना, स्याङका १२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १४ जना, पाल्पामा ८० जना, रुपन्देहीमा ३ जना र प्यूठानका ६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका १३ जनामा संक्रमण भेटिएको छ।

सामेबार भेटिएका ५ सय ३५ जनामध्ये ७४ जना महिला र ४ सय ६१ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments