विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने निर्णयविरुद्ध विरोध प्रदर्शन


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं- विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेसँगै प्रदेश २ को विभिन्न स्थानमा त्यसको विरोध सुरु भएको छ। आज नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा जनकपुरधाम सहित विभिन्न स्थानमा प्रदर्शन भएको छ।

नेकपाको यस निर्णयलाई सत्तपक्षका नेताहरुले समेत अस्वीकार गरेका छन्।

यस्तै नेकपाको निर्णयविरुद्ध पर्सामा पनि विभिन्‍न पार्टीले विरोध प्रदर्शन गरेको छ। पर्सा कांग्रेसले बिरगञ्ज र बाराको कलैयामा आइतबार प्रदर्शन गरेको छ। बिरगञ्जको घण्टाघरमा काँग्रेसका नेता कार्यकर्ताहरुले नागरिकता विधेयक संशोधनलाई सच्याउन माग गर्दै प्रदर्शन गरेका थिए।

उनीहरुले महिलाको अधिकार खोस्न पाईदैन, कम्युनिष्ट सरकार चाहिदैन, जसले आमाको सम्मान गर्न जान्दैन उसले मातृभुमिको रक्षा गर्न सक्दैन, महिलालाई हेप्न पाईदैन, हत्यारा सरकार चाँहिदैन, जहा नारीको सम्मान हुन्छ त्यहा ईशवरको बास हुन्छ, महिला एकता जिन्दाबाद, भ्रष्टाचारी सरकार मुर्दाबाद लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

नागरिकता सम्बन्धि यो नया प्रावधानले सबैभन्दा बढी मधेसी समुदायका व्यक्ति प्रभावित हुने भएकोले विभिन्न पार्टी तथा संघसंगठनले प्रदर्शन गरेका छन्।

आज जनकपुरधाममा नेपाल तरुण दल, जनता समाजावदी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले नागरिकता ऐन संशोधन विधेकको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी बुहारीलाई सातवर्ष पछि मात्र अंगिकृत नागरिकता दिने सत्तारुढ नेकपाले निर्णय गरेको थियो।

नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागिएको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन्। पर्साको वीरगञ्ज, सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर लगायत विभिन्न जिल्लाहरुमा नेपाली ग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले विरोध प्रदर्शन गरेका हुन्।

अर्को मूलुकबाट विवाह गरी आउने बुहारीलाई सातवर्ष पछि मात्र नागरिकता दिने संविधानको मूलमर्म र भावना विपरीत रहेको कांग्रेस र जसपाको धारणा छ।

यसले नेपाल भारतबीच वर्षौदेखि चली आएको बेटीरोटी र सांस्कृतिक सम्बन्धमा खलल पुग्ने ती दलहरुले दाबी गरिरहेका छन्।

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167