काठमाडौं । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने दिर्णय गरेपछि प्रतिपक्ष दल कांग्रेस र जनता समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ । दुई बर्षदेखि विवादित बन्दै आएको नागरिकता विधेयकको बारेमा नेकपाले विवाह गरेर आउने बुहारीलाई सात बर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको हो ।
आज बसेको सचिवालय बैठकले नागरिकता विधेयक टुंगो लगाउने गरी निर्णय गरेसँगै कांग्रेस र जसपाले कडा आपत्ति जनाएका छन् । जसपाले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताउदै नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको आरोप लगाएको छ ।
राज्य व्यवस्था समितिले यही मंगलवार पाँच दिनभित्र सहमति जुटाउन राजनीति दलहरुलाई आग्रह गरेको थियो । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राज्य व्यवस्था समितिका सभापति शशि श्रेष्ठ सहितका नेताहरुसँग नागरिकता विधेयकको बारेमा परामर्श गर्नुभएको थियो । लगत्तै आज बसेको सचिवालय बैठकले सात बर्षेपछि मात्र बुहारीलाई अगिकृत नागरिकता दिने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसका सांसद राजन केसीले नेकपाको निर्णय व्यवहारिक नभएको प्रतिक्रिया दिनुभयो ।
Facebook Comments