नेपालमा काेराेना संक्रमितकाे संख्या साढे ८ हजार नाघ्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३३१ जनामा संक्रमण देखिएको हो।

आज थपिएका ३३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ। उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन्।

Facebook Comments