भारतले पनि सीमा क्षेत्रको एयरबेसमा बढायो सुरक्षा सर्तकता(भिडियासहित)

एजेन्सी । भारतले एयरबेसमा आफ्ना लडाकु विमान र हेलिकप्टरहरूको तैनाथी बढाएको छ। सोमबार चिनियाँ फौजसँगको सैन्य झडपमा २० सैनिक गुमाएको भारतले चीनसँग नजिक पर्ने एयरबेसमा आफ्ना लडाकु विमान र हेलिकप्टरहरूको तैनाथी बढाएको हाे।

टाइम्स अफ इण्डियाका अनुसार यसैगरी उसले बंगालको खाडी क्षेत्रमा थप युद्धपोतहरू पठाएको छ। लडाकु विमानको तैनाथी बढाएर भारतले बेइजिङलाई नयाँ दिल्ली जारी सीमा तनाव बढ्दै गएमा हुनसक्ने सम्भावित भिडन्तका लागि तयार रहेको संकेत दिएको छ।

भारतले ती क्षेत्रमा आकासबाट जमिनमा रहेका ट्यांकमा रकेट र मिसायलले हमला गर्नेसक्ने अपाचे हेलिकप्टर, उच्च उचाइमा भारी वजन उठाउन तथा सैनिक ओसार्न सक्षम चिनोक हेलिकप्टरहरूको संख्या बढाएको छ।

चीनले नियोजितरूपमा हाम्रा २० सैनिक जवानलाई हिंस्रकरूपले मारेर सीमा नाघी सकेको छ। हामी कुनै पनि प्रकारको प्रतिकारको लागि तयार छौं। आवश्यक सबै कदम उठाइनेछु, टाइम्स अफ इण्डियासँग एक उच्च भारतीय सैनिक अधिकारीले भने।

टाइम्स अफ इण्डियाले चीन अझै पनि भिडन्तको सोचमा रहेको र सीमाक्षेत्रमा उसले किल्लाबन्दी गरिरहेको आफ्नो समाचारमा उल्लेख गरेको छ। चिनियाँ जनमुक्ति सेनाले गल्वान उपत्यकामा रहेको पाङगोङ तालको उत्तरी किनारामा दर्जनबढी सैन्य किल्लाको निर्माण गरेको सो समाचारमा जनाइएको छ।

https://youtu.be/U9mBPEH_9wo

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.