नेकपा र सीपीसीबीच भएकाे भिडियो कन्फ्रेन्सले नेकपामा विवाद

काठमाडाैँ । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच भएकाे भिडियो कन्फ्रेन्सले नेकपामा विवाद चुलिएको छ। विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेको भन्दै पार्टी भित्र बबण्डर सुरु भएको हो। नेकपाको विदेश विभागले भिडियो कन्फ्रेन्सका बारेमा असन्तुष्टी जनाएको छ ।

नेकपाको स्कुल विभागले आयोजना गरेको भनिएको यो कार्यक्रमबारे विदेश सम्बन्ध राख्ने वैधानिक निकाय विदेश विभागले अनविज्ञता प्रकट गर्दै आफुहरुसँग कुनै समन्वय नै नभएकाले त्यसबारे आफुहरुलाई कुनै जानकारी नभएको प्रष्ट पारेको छ ।

शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समार्फत दुवै देशका पार्टी नेताहरुबीच विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान गर्न भिडियो कन्फरेन्स भएकाे हाे।

तर यस्तो महत्त्वपूर्ण विषयमा समेत सो पार्टीका विदेश विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले कुनै जानकारी नभएको भन्दै केही नसोध्न आग्रह गरेका छन् ।

नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा हुने कन्फरेन्समा नेकपाका अध्यक्ष प्रचण्डसहित झण्डै सय जना नेताहरु सहभागी भएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.