मन्त्रिपरिषद्काे निर्णय : यसपालि सांसदले खर्च गर्न नसकेको रकम कोरोना कोषमा जम्मा गरिन्छ

काठमाडाैँ । आर्थिक वर्ष २०७६/७७ मा सांसदहरुलाई दिएको पैसा खर्च नभएको भए कोरोना कोषमा जम्मा गर्नेगरी सरकारले नियमावली संशोधन गरेको छ। असार २ गते बसेको मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सांसद विकास कोषबाट खर्च नभएको रकम सम्वन्धित स्थानीय तह (आयोजना सञ्चालन भएका स्थानीय तह) को कोरोना कोषमा असार १५ सम्म जम्मा गर्नेगरी नियमावली संशोधन गरिएको जानकारी दिए।

चालु आर्थिक वर्षमा एक सांसदले आफ्नो क्षेत्रमा ६ करोड रुपैयाँ विकास खर्च गर्न सक्नेगरी विनियोजन गरिएको थियो। चैत ११ गतेदेखि भएको लकडाउनका कारण सांसदहरुको यो रकम पूर्ण रुपमा खर्च हुन सकेको छैन।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.