नेपालकाे काेराेना संक्रमितकाे संख्या ७८ सय नाघ्याे

काठमाडौं- एकैदिन थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६७१ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

आज थपिएका ६७१ सहित नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.